नाटक 'द कोर्ट' तथा हंसध्वनि थिएटर निर्माण अभियान
अभियानको आह्वान: कला, समाज र नयाँ पुस्तालाई जोड्ने प्रयास
वात्स्यायन फाउन्डेसन र एक्टर्स स्टुडियोको संयुक्त पहलमा नाटक ‘द कोर्ट’ मञ्चन भइरहेको छ। यो नाटक केवल मञ्चको एउटा प्रस्तुति मात्र नभई युवापुस्ताको मानसिक स्वास्थ्य र सामाजिक यथार्थमाथिको गहन बहस हो।
हामी यस नाटक प्रस्तुतिमार्फत दर्शकहरू, विद्यार्थीहरू तथा शैक्षिक संस्थाहरूलाई नेपाली कलाको प्रवर्द्धन र संस्थागत विकासका लागि सुरु गरिएको हंसध्वनि थिएटर निर्माण (Donation Campaign) मा हातेमालो गर्न हार्दिक आह्वान गर्दछौँ।
नाटकको सार (Synopsis)
२२ वर्षको विवेक। हातमा डिग्री छ, तर काम छैन। गोजी रित्तो छ, तर परिवार र समाजका अपेक्षाहरू धेरै छन्। ऊ यस्तो दौडमा छ, जहाँ उसका प्रतिस्पर्धी करिअर, विदेश जाने सपना र सामाजिक सञ्जालमा देखिने चम्किलो जीवन पछ्याउँदै गरेका आफ्नै साथीहरू छन् । सबैजना खुसी र सफल देखिन्छन्, तर विवेक भने आफूलाई बिस्तारै हराउँदै गएको महसुस गर्छ। जब लगातारको दबाबले उसको मन थाक्न थाल्छ, आत्मविश्वास घट्दै जान्छ र आशा हराउन थाल्छ, तब उसको जीवनमा एउटा अदृश्य शत्रुको प्रवेश हुन्छ— डिप्रेसन।
यो दुःखको रोदन होइन, यो त हाम्रै घरभित्र लुकेको एउटा यस्तो रहस्यमय सत्य हो, जसको उत्तर हामी सबैले खोज्नुपर्नेछ।
निर्देशकको भनाइ (Director's Note)
"आज हामी यस्तो समयमा बाँचिरहेका छौँ, जहाँ बाहिर सबै ठीकठाक देखिए पनि धेरै मानिस भित्रभित्रै एक्लोपन, डिप्रेसन र मानसिक दबाबसँग संघर्ष गरिरहेका छन्। यही यथार्थलाई केन्द्रमा राखेर ‘द कोर्ट’ तयार गरिएको हो।
यस नाटकमा बास्केटबल कोर्ट केवल खेल्ने ठाउँ होइन, हाम्रो समाज र हाम्रो मनको प्रतीक हो। यहाँ एउटा युवा सफलता, करिअर, विदेश जाने सपना र समाजका अपेक्षाबीच आफ्नो अस्तित्व बचाउन संघर्ष गरिरहेको छ। 'कोर्ट' लाई हामीले शारीरिक अभिनय (Physical Theatre), तीव्र शारीरिक लय (Body Percussion) र दृश्य-कविता (Visual Poetry) को शैलीमा प्रस्तुत गरेका छौँ। जिन्दगीमा कहिलेकाहीँ 'टाइम आउट' लिनु हार होइन, फेरि उठेर अघि बढ्ने शक्ति जुटाउने अवसर हो।
मञ्चको यो कोर्टमा बल पास हुँदै गर्दा, तपाईंहरू हरेकले आफ्नो वा आफ्ना प्रियजनहरूको मनको एउटा हिस्सा महसुस गर्नुभयो भने नाटकले आफ्नो सान्दर्भिकता र अर्थ प्राप्त गर्नेछ।"
— अनुप बराल (लेखक तथा निर्देशक)
हाम्रो अभियान: आउनुहोस्, हंसध्वनि थिएटरमा प्राण भरौँ!
एउटा सपनाले मूर्त रूप लिँदै छ, नाट्यशाला बनिसकेको छ। अब यस हंसध्वनि थिएटरलाई कथा, प्रस्तुति र स्वरको त्रिवेणी बनाउन तपाईंको साथ र सहयोगको खाँचो छ।
हामी अहिले निर्माणको अन्तिम चरणमा छौँ:
नाट्यशालाका बाँकी निर्माण कार्यहरू सम्पन्न गर्न।
नाट्यमञ्चनलाई उच्चस्तरीय बनाउन आवश्यक प्राविधिक उपकरणहरू जोड्न।
तपाईं/तपाईंको विद्यालय तथा कलेजले कसरी सहयोग गर्न सक्नुहुन्छ?
दर्शक तथा विद्यार्थीहरू: नाटक प्रदर्शन स्थलमा राखिएको QR कोड तथा नाटक प्रदर्शन स्थलमै रहनुभएका वात्स्यायन फाउन्डेसनका प्रतिनिधि मार्फत आर्थिक सहयोग गर्न सक्नुहुन्छ । तपाईको सानो योगदानले पनि रङ्गमञ्च निर्माणमा ठूलो बल पुग्नेछ।
स्कुल र कलेजहरू: नाटकको विशेष प्रदर्शन गरि सामूहिकरुपमा आर्थिक सहयोग तथा संस्थागत सहयोग (Donation) मार्फत यस सांस्कृतिक अभियानको हिस्सा बन्न सक्नुहुनेछ।
सहयोग गर्ने माध्यम:
वेबसाइट: www.hansadhwanitheatre.com/donation
सम्पर्क: +977 9767981234 (whatsApp)
QR कोर्ड: (अनलाइन सहयोगका लागि उपलब्ध QR कोड स्क्यान गरी सीधा योगदान गर्न सक्नुहुनेछ।)
आयोजक तथा प्रस्तुतकर्ता
द एक्टर्स स्टुडियो (The Actors' Studio)
विगत दुई दशकदेखि नेपाली तथा अन्तर्राष्ट्रिय रङ्गमञ्चमा निरन्तर गुणस्तरीय नाटकहरू प्रस्तुत गर्दै आइरहेको अग्रणी नाट्य संस्था हो। 'खुमा', 'थाङ्ग्ला', 'बाँकी उज्यालो', 'तलकजंग भर्सेज टुल्के', 'काफ्का: एक अध्याय', 'कोर्ट मार्शल', 'तीन एकान्त' आदि यसका चर्चित नाटकहरू हुन्।
वात्स्यायन फाउन्डेसन (Batsyayana Foundation)
कला, संस्कृति, शिक्षा र सामाजिक रूपान्तरणका क्षेत्रमा दीर्घकालीन रूपमा काम गर्ने उद्देश्यले स्थापित गैरनाफामूलक संस्था हो।
नाटक 'कोर्ट' का कलाकार तथा प्राविधिक टोली
मञ्चमा (Cast):
विवेक: नौर क्षेत्री
कमेन्टेटर १: रेवन राई | कमेन्टेटर २: अदित भुजेल
रेफ्री: उज्ज्वलराज ढकाल
मनोपरामर्शदाता: कृष्टि गुरुङ
विवेकको बुबा: सुमन तिमिल्सिना | विवेककी आमा: बिपना विश्वकर्मा
सागर (विवेकको साथी): बिक्रम तामाङ
कोरस (Chorus): सर्जम राई, अन्जली कुँवर, सनम पुन, कृष्टि गुरुङ, उज्ज्वल ढकाल, सुमन तिमिल्सिना, बिपना विश्वकर्मा, बिक्रम तामाङ
नेपथ्यमा (Crew):
लेखन तथा निर्देशन: अनुप बराल
सहायक निर्देशक: निश्चल बिमल
नृत्य निर्देशन: दीया मास्के
सेट डिजाइन: निश्चल बिमल
मञ्च व्यवस्थापक: उज्ज्वल ढकाल
भेषभूषा: रोशनी
सङ्गीत: मिलन गिरी, विवेक, नवीन गुरुङ, लक्ष्मण डुम्रे, धनकाजी श्रेष्ठ
प्रस्तुति: एक्टर्स स्टुडियो
आयोजक: वात्स्यायन फाउन्डेसन
—----------------------------------------------------------------------------------------------
More Information: https://hansadhwanitheatre.com/donation